दफा २६
अभिलेखको प्रयोग र आधिकारिकता
ऐनको दफा १७ को उपदफा (४) बमोजिम आबद्ध गरिएको अभिलेखको प्रयोग र आधिकारिकता देहाय बमोजिम हुनेछ:-
(क) राष्ट्रिय मानक तथा गुणस्तर पालना भई उत्पादन भएका तथा तथ्याङ्क सङ्कलनका स्थापित विधि, प्रक्रिया, मापदण्डबमोजिम अवधारणा, परिभाषा, वर्गीकरण गरिएका स्तरीकृत तथ्याङ्कलाई मात्र आधिकारिकता प्रदान गरी प्रयोग गरिने,
(ख) विद्युतीय अभिलेखमा रहेको: तथ्याङ्कको अन्तिम उत्तरदायित्व सम्बन्धित तथ्याङ्क उत्पादनकर्ताको हुने,
(ग) विद्युतीय अभिलेखमा रहेको तथ्याङ्कलाई अख्तियारीप्राप्त व्यक्तिबाहेक अरू कसैले सम्पादन गर्न वा सच्याउन नसक्ने गरी व्यवस्थित गर्नु, पर्ने,
(घ) प्रचलित कानूनबमोजिम गोपनीयता कायम गर्नुपर्ने विषयका तथ्याङ्क सार्वजनिक नगरिने ।